१६ वैशाख २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

‘शिक्षामा बेलाको बोली’ सार्वजनिक

शिखा बुक्सले प्राडा विद्यानाथ कोइरालाकाे ‘शिक्षामा बेलाको बोली’  लोर्कापण गरेको छ।

त्रिभुवन विश्व विद्यालयमा शिक्षा शास्त्रका डिन डा. वेदराज आचार्य, नेपाल सरकारका पूर्व सचिव डा. हरि लम्साल, काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. रुपा मुनाकर्मी, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सञ्चारकर्मी  योगेश ढकालले संयुक्त रूपमा लोकार्पण गरे।

लोकार्पण सँगै अन्तरक्रिया सञ्चालन भयो। शिक्षा शास्त्रका डिन वेदराज आचार्यले पुस्तकले शिक्षा क्षेत्रमा कार्य गर्न र शिक्षामा सुधार गर्नुपर्ने कार्यहरू कसरी गर्न सकिन्छ भनेर धेरै नै सकारात्मक क्षेत्रको जानकारी दिएको बताए।

यसै गरी पूर्व सचिव डा. लम्सालले यो पुस्तकले शिक्षा क्षेत्रमा नीतिनिर्माण गर्न, कार्य योजना बनाउने लगायत शिक्षा क्षेत्रका सबैका लागि अति नै उपयोगी भएको बताए।

काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक रुपा मुनाकर्मीले किताबले शिक्षा क्षेत्रमा भएका अवसर चुनौतीमाथि प्रश्न गर्दै समाधानका विकल्प पनि दिएको बताइन्।  किताबले प्रश्न सोध्न नै प्रश्नको उत्तर दिने सबैक लागि रहेको छ।

नेपाल शिक्षक संघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले लेखक  विद्यानाथसित केही असहमति भए पनि किताबले शिक्षकसितको दूरी कम गरेको बताए। किताबमा आइतबारे बिदा, कसले जिम्मा लिए शिक्षा सुध्रेला, विदेशिने युवा कसरी रोक्ने जस्ता समसामयिक लेख संकलन छ। योगेश ढकालले सञ्चाल गरेकाे कार्यक्रम शिखा बुक्सद्वारा आयोजना गरिएको थियो। किताबको मूल्य ९९५।– छ।    

प्रकाशित: १४ वैशाख २०८३ १०:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App