गायक बाबुल गिरीले नेपाली चलचित्र क्षेत्रका गतिविधिलाई लिएर गुनासो पोखेका छन्। उनले नेपाली चलचित्र क्षेत्रका सबै काम भारतीयलाई दिएको भन्दै आपत्ति जनाए।
गायक गिरीले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्,‘नेपालमा फिल्म चलाउनु पर्ने, अनि भएभरको काम जति इन्डियातिर दिनुपर्ने, गीत सङ्गीत बिजिएम सबै भगवान्।’
यस्तै, उनले नेपाली कलाकारहरूको आर्थिक समस्या औँल्याए। उनले भने,‘हामीहरू जस्ता कसैले एउटा काम दिए पनि एक महिनाको कोठा भाडा तिर्न सकिन्थ्यो। नेपालीहरूले चाहिँ के खाएर बस्नु।’
उनको यो अभिव्यक्तिले नेपाली चलचित्र उद्योगमा एउटा संवेदनशील प्रश्न उठाएको छ।
प्रकाशित: ३० भाद्र २०८३ १६:३१ मंगलबार





