१ श्रावण २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

मिस युनिभर्स नेपाल २०२६ को अडिसन प्रक्रिया सुरु

मिस युनिभर्स नेपाल अर्गनाइजेसनले आधिकारिक रूपमा ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’ को लागि दर्ता तथा अडिसन प्रक्रिया सुरु भएको घोषणा गरेको छ। यस वर्षको प्रतियोगिताले आफ्नो सशक्त र समावेशी नारा (तपाईं जस्तो हुनुहुन्छ, उत्कृष्ट हुनुहुन्छ) लाई आत्मसात् गर्दै नेपालको प्रतिनिधित्व विश्वमञ्चमा गर्ने एक उत्कृष्ट र बौद्धिक महिलाको खोजी गर्ने उद्देश्य राखेको छ।

मिस युनिभर्स नेपाल २०२५ सान्या अधिकारीको ऐतिहासिक कार्यकालपछि, यस प्रतिष्ठित प्लेटफर्मले देशैभरि र प्रवासमा रहेका महत्वाकांक्षी, दूरदर्शी तथा नेतृत्वदायी महिलाहरूका लागि पुनः आफ्नो ढोका खोलेको छ। यस उद्घोषले सम्पूर्ण आत्मविश्वासी प्रतिस्पर्धीहरूलाई मुख्य मञ्चमा आउन र यो अन्तिम प्रश्नको सामना गर्न आमन्त्रित गर्दछ

 यस संस्करणले व्यक्तिगत पहिचान, सामाजिक वकालत, र वास्तविक नेतृत्वलाई जोड दिँदै नेपालमा सौन्दर्य प्रतियोगिताको स्तरलाई थप उचाइमा पुयाउने आयोजको भनाई छ। दिगो र अत्याधुनिक प्रविधियुक्त इलेक्ट्रिक गाडी ब्रान्ड दिपलको मुख्य प्रायोजनमा आयोजना हुन गइरहेको यस प्रतियोगिताले आधुनिक नवीनता र सुन्दरतालाई एकै ठाउँमा जोड्ने प्रयास गरेको छ।

दर्ता प्रक्रिया आधिकारिक रूपमा खुला भएको छ। सहभागी हुन चाहने युवतीहरूले मिस् युनिभर्स नेपालको आधिकारिक प्लेटफर्म वा खल्ति एपमाफर्त आफ्नो आवेदन दर्ता गराउन सक्नेछन्। उक्त प्रतियोगितामा ६० प्रतिशत निर्णायकको भने ४० भोटले विजेता छानौट हुने जनाइएको छ।

यस अघि २०२५ को मिस युनिभर्स नेपाल आरोही बस्नेत ‘ट्रान्स हुमन’ हुन। जसले उक्त कार्यक्रममा उक्त प्रतियोगिता एकताको प्रतिकको रुपमा उल्लेख गरिन।

प्रकाशित: १ श्रावण २०८३ १८:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App