भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतकी प्रसिद्ध तथा बहुआयामिक गायिका आशा भोसलेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
उनले आफ्नो सन्देशमा आशा भोसलेको दशकौँ लामो सांगीतिक यात्राले भारतीय सांस्कृतिक धरोहरलाई समृद्ध बनाएको र विश्वभरका लाखौँ श्रोताहरूको मन छोएको उल्लेख गरेका छन्।
भावपूर्ण गीतदेखि उत्साहपूर्ण सङ्गीतसम्म, उनको स्वरमा सदैव कालजयी चमक रहेको प्रधानमन्त्री मोदीले बताएका छन्। प्रधानमन्त्री मोदीले आशा भोसलेसँग भएका आफ्ना भेटघाट र कुराकानीका सम्झनाहरू सधैँ स्मरणीय रहने पनि उल्लेख गरेका छन्।
उनले स्वर्गीय आशा भोसलेप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवार, शुभेच्छुक तथा सम्पूर्ण संगीतप्रेमीहरूप्रति हार्दिक समवेदना व्यक्त गरे। गायिका भोसलेको प्रेरणादायी योगदानले आगामी पुस्तालाई निरन्तर प्रेरित गर्ने र उनका गीतहरू सधैँ मानिसहरूको जीवनमा गुञ्जिरहने विश्वास मोदीको छ।
प्रकाशित: २९ चैत्र २०८२ १५:०२ आइतबार





