२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

कलाकार पशुपति शर्माको सुझावः विदेश कार्यक्रममा जाँदा सोच विचार गरेर मात्र जानुस्

लोकदोहोरी गायक तथा कलाकार पशुपति शर्माले नेपाली कलाकारहरूलाई विदेशमा आयोजना हुने कार्यक्रमहरूमा सहभागी हुन जाँदा सोच विचार गरेर मात्रै जानुपर्ने  सुझाव  दिएका छन्। हालै विदेशका केही कार्यक्रमहरू चर्चामा आएको सन्दर्भमा उनले सामाजिक सञ्जालमार्फत कलाकार साथीहरूलाई यस्तो सल्लाह  दिएका हुन्। 

  ‘विदेश कार्यक्रम जाँदा सोचेर बुझेर जाऊ न कलाकार साथीहरू, अहिले चर्चा भएका केही कार्यक्रम मैले कमिटमेन्ट भइसकेपछि पनि केही समस्या हुने देखेरै सल्लाहमा नै क्यान्सिल गरेको हुँ।’  कलाकार शर्माले भनेका छन् ।  

 शर्माको यो भनाइले विदेशमा हुने सांस्कृतिक कार्यक्रमहरूमा कलाकारहरूले आयोजक र व्यवस्थापनको पाटोमा गम्भीरतापूर्वक ध्यान दिनुपर्ने विषयमा जोड दिएको छ। विदेश कार्यक्रमहरूमा जाँदा कलाकारहरूले विभिन्न समस्या भोग्नुपरेको गुनासो आइरहेका बेला  उनले यसो भनेका हुन्।

प्रकाशित: १२ कार्तिक २०८२ १२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App