६ श्रावण २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

अरिजित सिंह 'प्लेब्याक' गायनमा फर्किएका हुन् ?

जनवरीमा गायक अरिजित सिंहले प्लेब्याक गायनबाट अवकाश (संन्यास) लिने घोषणा गरेर सबैलाई आश्चर्यचकित बनाएका थिए।

तर, त्यसपछि पनि उनका धेरै नयाँ गीत सार्वजनिक भएपछि उनी पुनः प्लेब्याक गायनमा फर्किएका हुन् कि भन्ने चर्चा सुरु भएको छ।

मंगलबार प्रदर्शनको तयारीमा रहेको फिल्म ‘आवारापन २’ को गीत ‘ये आवारापन’ सार्वजनिक भएपछि यो चर्चा झन् बढेको छ।

तर, अरिजित सिंहको टोलीले उनी प्लेब्याक गायनमा नफर्किएको स्पष्ट पारेको छ। द प्रिन्टसँग कुरा गर्दै उनका प्रबन्धकले भने, ‘उहाँले अवकाश घोषणा गर्नुअघि नै सम्झौता भएका परियोजनाहरू मात्र पूरा गरिरहनुभएको हो। अरिजित प्लेब्याक गायनमा फर्किनुभएको छैन। अहिले सार्वजनिक भइरहेका गीतहरू सबै पुराना सम्झौताअन्तर्गतका हुन्।

यसबिच ‘ये आवारापन’ गीतले दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको छ। ‘आवारापन २’ को सङ्गीतप्रति दर्शकहरूको अपेक्षा निकै उच्च थियो, किनकि पहिलो भागका गीतहरू अत्यन्त लोकप्रिय भएका थिए। ती गीतहरू आज पनि धेरैले मन पराउँछन् र सम्झिन्छन्।

अरिजित सिंहले जनवरीमा अवकाश घोषणा गर्दै सामाजिक सञ्जालमा एक सन्देश साझा गरेका थिए। 

प्रकाशित: ६ श्रावण २०८३ १२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App