१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

कथाकार पाेखरेलकाे ‘मलाई पनि निद्रा लागेन’ तथा ‘अमरज्योति अङ्क ६८’ लाेकार्पण

नेपाल विद्युत प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजले समाजको त्रैमासिक साहित्यिक प्रकाशन ‘अमरज्योतिको अङ्क ६८’ साहित्यिक पत्रकारिता विशेषाङ्क र प्राज्ञ मातृका पोखरेलको ‘मलाई पनि निद्रा लागेन’ कथासङ्ग्रह लाेकार्पण गरेकाे छ।

अमर ज्योति पत्रिकाका प्रधानसम्पादक विष्णुप्रसाद आचार्य ‘अतृप्त’ को अध्यक्षता र वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माकाे प्रमुख आतिथ्यमा कृतिकाे लाेकार्पण भएकाे हाे।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्मा र अन्य विशेष अतिथिहरूमा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन समीक्षक डा. हरि सिलवाल र नेपाल साहित्यिक पत्रकार सङ्घका अध्यक्ष मोहन दुवाल लगायतले कृतिकाे लाेकार्पण गरेका हुन्।

उक्त अवसरमा मन्तव्य राख्दै प्रमुख अतिथि शर्माले "नेपालको साहित्यिक पत्रकारिता अहिले पनि सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेको दाबी गरे।"  ‘लहड र सनकको भरमा साहित्यिक पत्रकारिता चलेको पनि उनले बताए। शर्माले साहित्यिक पत्रकारिता समाजसेवाको एउटा माध्यम रहेको पनि स्पष्ट पारे।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले "अमर ज्योति साहित्यक पत्रकारिता विशेषाङ्क’ को समीक्षा गरेका थिए।

त्यस्तै डा. हरि सिलवालले "मलाई पनि निद्रा लागेन" कथासङ्ग्रहको समीक्षा गरेका थिए।

कार्यक्रममा कथाकार मातृका पोखरेलले आफ्नो कृतिबारे र नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक तुलाराम गिरीले अमरज्योति साहित्यिक त्रैमासिकबारे मन्तव्य राखेका थिए।

कार्यकारी सम्पादक युवराज शर्माको सञ्चालनमा भएकाे विद्युतकर्मी साहित्यिक समाजको उपाध्यक्ष शारदा पराजुलीले शब्द मार्फत उपस्थितजनलाई  स्वागत गरेका थिए।

नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा भएको कार्यक्रममा विशेषाङ्कमा लेख समावेश भएका धेरै लेखककाे उपस्थित रहेकाे थियाे। अमर ज्योति साहित्यिक पत्रकारिता विशेषाङ्कमा २६ साहित्यिक पत्रकारको लेख सङ्गृहीत छन्।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि र विशेष अतिथिहरूलाई मायाको चिनो र लेखकहरूलाई पारिश्रमिक प्रदान गरिएको थियो।

प्रकाशित: २७ पुस २०८२ १२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App