९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

‘अमरज्योति वार्षिकोत्सव कविता विशेषाङ्क’ लोकार्पण

नेपाल विद्युत प्राधिकरणले आफ्नो चालिसाैं वार्षिक उत्सवको अवसरमा ‘अमरज्योति’ काे वार्षिकोत्सव कविता विशेषाङ्क-२०८२ लोकार्पण गरेकाे छ।

नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा र विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष एवं कविता प्रतियोगिता सञ्चालन उपसमितिका संयोजक विष्णु आचार्य ‘अतृप्त’को अध्यक्षतामा कार्यक्रम भएकाे हाे।

नेपाल विद्युत प्राधिकरणले प्राधिकरणस्तरीय खुला कविता प्रतियोगिताको पनि भएको छ। प्रतियोगिताका लागि प्राप्त एकचालीस कवितामध्येमा अनिल पौडेलको ‘हतार’ कविता ले प्रथम स्थान हासिल गरेको थियो। त्यस्तै सागर ज्ञवालीको ‘एक क्षण एक संसार’  द्वितीय, प्रकाश काफ्लेको ‘नभेटिएको म’ तृतीय, नारायण रेग्मीको ‘बिजुलीको तार’ र उमा न्यौपानेको ‘नेपालझैं अधिक सुन्दर देश छैन’ कविताले  सान्त्वना स्थान हासिल गरेका थिए।

नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ चेतनाथ धमला, मधुपर्क साहित्यिक मासिकका सम्पादक त्रिभुवनचन्द्र वाग्ले र  बालवाङ्मय तथा अनुसन्धान केन्द्रका महासचिव शान्ति सापकोटाले कविता प्रतियोगितामा निर्णायक भूमिका निर्वाह गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि कोइरालाले लेखनमा आफ्नै मौलिकपन हुनुपर्ने बताए।

त्यस्तै  विशेष अतिथि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले साहित्यमा नवरसको महत्त्व सम्झाउँदै यस्तो खालको कार्यक्रमले कर्मचारीहरूमा नयाँ ऊर्जा पैदा गर्ने विश्वास प्रकट गरे।

विद्युतकर्मी साहित्यिक समाजका सचिव  युवराज शर्माले सञ्चालन गरेकाे कार्यक्रममा निर्णायकमण्डलका सदस्य, विद्युतकर्मी साहित्यिक समाजका संस्थापक अध्यक्ष कुलप्रसाद पराजुली, पूर्वाध्यक्षहरू केशव रुपाखेती, पुण्य घिमिरे, रामेश्वर राउत ‘मातृदास’, कृष्णदेव रिमाल ‘शब्दसेना’, शिशिर थापा, राजन ऋषि कँडेल, तुलसीप्रसाद सापकोटा, लक्ष्मण मण्डल, विमल गुरुङ, रीता खत्री लगायतले कविता वाचन गरेका थिए।

विद्युतकर्मी साहित्यिक समाजकी सदस्य संगीता अधिकारी पौडेलले कार्यक्रममा उपस्थित अतिथिहरूलाई स्वागत गरेकाे कार्यक्रम नेपाल विद्युत प्राधिकरण, प्रधान कार्यालय भएको हो।

प्रकाशित: २५ श्रावण २०८२ १२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App