१६ श्रावण २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

सरकारलाई एलिनाको प्रश्न : मान्छेको ज्यान जानुको जिम्मेवार को हो ?

सुनसरीको देवागञ्जमा आइतबार भएको दुई पक्षीय झडपपछि गोली लागेर मृत्यु भएको घटना बाहिरिएपछि देश नै स्तम्भ भएको छ। उक्त विषयलाई लिएर गायिका एलिना चौहानले सरकारमाथि प्रश्न उठाएकी छिन्।

उनले शुक्रबार सामाजिक सञ्जालमार्फत देशमा ज्यान जानु अब सामान्य जस्तो भइरहेको भन्दै असन्तोष व्यक्त गरिन्। उनले लेखिन्, ‘हाम्रो देशमा ज्यान जानु अब सामान्य जस्तो भइरहेको छ।’

मान्छेको ज्यान जानुको जिम्मेवार को हो भनेर सरकारमाथि प्रश्न उठाउँदै उनले थपिन, ‘गोली लाग्छ, मान्छे मर्छ अनि केही समयपछि सबै चुप, जिम्मेवार को ? जो आए नि यस्तै हो ? यही यस्तै हो भने परिवर्तन कहिले।’

उनको यो स्टाटसमा धेरैले आफ्नो विभिन्न प्रतिक्रिया जनाएका छन्। 

प्रकाशित: १५ श्रावण २०८३ १२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App