गायिका एलिना चौहान प्रायः विवादमा परिरहन्छिन्। कहिले व्यक्तिगत जीवन त कहिले अभिव्यक्तिका कारण उनी नेपाली संगीतप्रेमीबाट गाली र आलोचनाको सिकार भइरहन्छिन्। यद्यपि उनलाई माया गर्ने दर्शकको संख्या न्यून भने पक्कै होइन। यी हुन् उनका पाँच विवादित विषय, जसले गायिकालाई आलोचना र गालीको सिकार बनाए ।
कट्टा हान्दिन्छु
गायिका एलिना चौहान र खेम सेन्चुरीको स्वरमा रहेको गीत कट्टा हान्दिन्छु, निकै लोकप्रिय रह्यो। यो गीत मन पराइयो । हिट पनि भयो । त्योभन्दा बढी गीत र एलिना चौहानले विवाद सहनु पर्यो। प्रेमी विष्णुसँगको सम्बन्ध विच्छेद पछि साहानुभुति पाउनका लागि गीत सार्वजनिक गरियो तर गीतमाथि चोरीको आरोप लाग्यो। गीतको बोल चोरी गरेको भन्दै गायक विश्वराज कार्कीले अदालतमा उजुरी दिएका थिए।
विष्णुसँगको विवाह र सम्बन्ध विच्छेद
गायिका अस्टे«लिया बसोबास गर्ने प्रेमी विष्णु सापकोटासँग वैवाहिक सम्बन्धमा बाँधिएकी एलिनाको विवाह दश महिनामै टुट्यो । एलिना र विष्णुबीचको सम्बन्धले पहिलो वैवाहिक वर्षगाँठसम्म मनाउन पाएन । सम्बन्ध विच्छेद भयो । त्यो समय पनि गायिकाले निकै आलोचना सहनु परेको थियो। यहाँसम्मकी उनलाई सामाजिक सञ्जालमा लाइभ आएर कैयौँ प्रश्नको जवाफ दिनु परेको थियो। आफ्नो चरित्रमाथि पटक पटक शंका गरेको र घरेलु हिंसासमेत गरेको आरोप लगाउँदै उनले विष्णुविरुद्ध उजुरीसमेत दिएकी थिइन् ।
४० तोला सुन
सम्बन्ध विच्छेदपछि गायिकाले विवाहमा विष्णुले दिएको ४० तोला सुन फिर्ता नगरेको भन्दै गायिकामाथि आरोप प्रत्यारोप लगाइयो। यो आरोपमा गायिकालाई निकै आलोचना सहनु परेको थियो। सामाजिक सञ्जाल भरि नै गायिका आलोचनाको सिकार बनिन्।
विदेशी आयोजकद्वारा मानसिक हिंसा
गत कार्तिकमा गायिका जब आफ्नो सांस्कृतिक कार्यक्रम सकाएर अमेरिकाबाट नेपाल फर्किन, कार्तिक ११ गते उनले सामाजिक सञ्जालमा एक स्टाटस राखिन । उनले यात्राका क्रममा कलाकारमाथि नोकझोकको व्यवहार गरेको बताउँदै लेखिन, ‘कसैले कैदीझैँ महसुस गर्यो, कसैले अपमान सहनु पर्यो । एउटा कुरा स्पष्ट भन्न चाहन्छु, आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन । कलाकारले धनभन्दा बढी इज्जत, व्यवहार र कदर खोज्छ । नराम्रा अनुभवले धेरै कुरा सिकायो । अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस्।’
एलिनाको यो पोस्टपछि आयोजक ‘फ्लाई नेपा’ माथि धेरैले प्रश्न उठाए। आयोजकले संस्थाको दाबी भन्दै सामाजिक सञ्जालमा एलिनामाथि पनि प्रश्न उठे। गायिकामाथि कैयौँ आरोप प्रत्यारोप लाग्यो । कतिपयले एलिनाको व्यतिmगत जीवनमाथि समेत प्रश्न उठाए ।
सिक्रीमात्र हैन किड्नी किन्ने हैसियत
हालै गायिका कला लम्साल र एलिनाबीच अमेरिका टुरलाई लिएर सामाजिक सञ्जालमा आरोप प्रत्यारोप चलिरहेको छ । विवाद तब चर्चामा आयो जब कलाले एक युट्युब अन्तर्वार्तामा नाम नलिई मेरो सिक्री कुनै एक कलाकारले लगाएर मेरै कुरा काटेको भन्दै एलिना तिर औंला ठड्याइन् । सामाजिक सञ्जालमा यो क्लिप एलिनाले आफै सार्वजनिक गर्दै उनले सिक्री लगाएको कुरालाई स्विकार गरेकी थिईन्।
आफूले सिक्री नचोरेको भए पनि कलाले सिक्री चोरजस्तै बनाइदिएको भन्दै एलिनाले गुनासो थियो। सिक्री चोरेको नभइ कलाले आफैं नेपाल लगिदिन आग्रह गरेको बताउँदै एलिनाले सिक्री किन्न सक्नेमात्र हैन आफूले किड्नी नै किन्न सक्ने हैसियत बनाएको बताइन् । उसले आजको मितिसम्मपनि उनीविरुद्ध सामाजिक सञ्जालमा आगो ओकल्नेहरु प्रसस्तै छन् ।
प्रकाशित: १५ पुस २०८२ १९:५५ मंगलबार





