फिल्म निर्देशक सन्तोष सेनले व्यवस्था बदल्ने भनेको अनुहार फेर्नु मात्र नभएको बताएका छन्।
जेनजी शहीदका शालिक हेरेपछि उनले काम गर्ने संस्कार र जिम्मेवारीको प्रणाली बदल्नु भएको बताउँदै उनले यस्तो बताएका हुन्। उनले भने, 'सेनले व्यवस्था बदल्ने भनेको अनुहार फेर्नु मात्र होइन। काम गर्ने संस्कार र जिम्मेवारीको प्रणाली बदल्नु हो।'
जेनजीको शालिक तस्बिरसँग फेरि मिलाउन सकिने बताउँदै उनले सम्बन्धित कर्मचारी वा यो टेन्डर लिने ठेकेदारको लापरबाही भएको भनाइ राखे।
यस्तै लापरबाही र गैरजिम्मेवारीले तलदेखि माथिसम्मको प्रणालीलाई दूषित बनाउँदै गएकाले त्यसैको परिणामस्वरूप जेनजी युवाहरू सडकमा आउन बाध्य भएको स्मरण गरे।
'आज नागरिकहरू यो मूर्तिको अनुहार नमिलेकोमा मात्र दुःखी छैनन्। दुःख त त्यहाँ छ ती सहिदहरूले दिएको बलिदानपछि एक वर्ष बितिसक्दा देशका लागी उठाइएका मुद्दाहरुमा कति परिवर्तन आयो भन्नेमा हो…, अब गर्जिएर मात्र होइन काम गरेर देखाउन पर्नेछ,' सामाजिक सञ्जालमा भने, 'सम्बन्धित ठाउँमा एक–एक गरेर दक्ष र योग्य मान्छे राखौँ। ट्रायल गरौँ भए भयो, नभए फेरि गरौँला’ भन्ने प्रवृत्तिको अन्त्य गरौँ।'
राज्यको स्रोत, समय र जनताको विश्वासलाई प्रयोगशाला नबनाउन आग्रह गर्दै उनले भने, 'एक पटकमै सही नतिजा दिन सक्ने दक्षता, क्षमता र जिम्मेवार व्यक्तिलाई जिम्मा दिऔँ।'
प्रकाशित: २६ भाद्र २०८३ १२:४३ शुक्रबार





