अभिनेत्री तथा निर्मात्री सुस्मिता केसी पूर्वपति भुवन केसीको थरलाई लिएर हाल चर्चामा छिन्।
अभिनेता भुवन केसीसँग सम्बन्ध विच्छेद भएपछि उनले थर परिवर्तन गरेकी थिइन्। अहिले आएर उनले पूनः केसी थर थपेपछि सामाजिक सञ्जालमा कैयौँ टिक्का–टिप्पणि आउन थालेकोछ।
यसबारे सुस्मिताले आइतबार स्पष्टिकरण दिएकि छन्। सामाजिक सञ्जालमा लामो स्टाटस् लेख्दै उनले केसी थर आफ्नो छोरा अनमोलबाट प्राप्त गरेको बताइन्।
उनले नेपालको प्रचलित कानुनबमोजिम आवश्यक कानुनी प्रक्रिया र मापदण्ड पूरा गरेर आफ्नै छोरा अभिनेता अनमोल केसीमार्फत नागरिकता लिएको जनाएकी छिन्।
उनले सामाजिक सञ् जालमा लेखेकी छिन्– ‘नेपालको प्रचलित कानुनअनुसार आवश्यक कानुनी प्रक्रिया र मापदण्ड पूरा भएपछि आमाले आफ्नै छोराबाट नागरिकता प्राप्त गर्न सक्नुहुन्छ। मैले पनि सोही कानुनी प्रक्रियाअनुसार नागरिकता प्राप्त गरेकी हुँ, र मेरो कानुनी तथा आधिकारिक पहिचान केसी हो।’
उनले थप भनिन्, ‘जीवनमा धेरै कुरा गुम्न सक्छन्, धेरै कुरा परिवर्तन हुन सक्छन्, तर आफ्नो पहिचान मानिसको सबैभन्दा ठूलो सम्पत्ति हो। मेरो लागि पनि संसारका दुई सबैभन्दा मूल्यवान कुरा छन् — मेरो छोरा र मेरो पहिचान।’
अनमोलले नै आमाको शक्ति साहारा बनेको भन्दै उनले उल्लेख गरिन्ए, ‘एउटा आमाले आफ्नो सन्तानलाई जन्म दिन्छिन्, हुर्काउँछिन् र जीवन दिन्छिन्। तर कहिलेकाहीँ जीवनले यस्ता सुन्दर क्षणहरू पनि दिन्छ, जहाँ सन्तान नै आमाको शक्ति, सहारा र गर्व बन्छ। मेरो जीवनमा पनि त्यही क्षण आयो, जब मैले मेरो कानुनी पहिचान आफ्नै छोरामार्फत प्राप्त गर्ने अवसर पाएँ।’
थरलाई चल्दै आएको वहसलाई उनले कानुनी अधिकार, अस्तित्व र आत्मसम्मानसँग जोड्दै उनले यो कुनै थरको बहस मात्र नभएर एक आमाको गर्वको विषय भएको उल्लेख गरेकी छन्।
प्रकाशित: १ असार २०८३ १४:०४ सोमबार





-600x400.jpg)