१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

हरेक पात्रमा ‘पर्फेक्ट’ अभिनेता विपिन कार्की

अभिनेता तथा लेखक विपिन कार्कीको एक तस्बिर हाल सामाजिक सञ्जालमा अचानक भाइरल भईरहेको छ। उनको तस्बिरले सबैको ध्यान खिचेको छ। झट्ट हेर्दा तस्बिर उनको कुनै अगामी चलचित्रको होला लाग्न सक्छ। तर उक्त तस्बिर भने उनको नौ महिना अगाडी नै सार्वजनिक भइसकेको एक म्युजिक भिडियोको हो। 

उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका एक तस्बिर जसमा उनले लेखेका छन्–‘पहिरनले मात्र चरित्रको निर्धारण गर्दैन’ उक्त तस्बिरले सामाजिक सञ्जाल तताएको छ। प्रशंसकको प्रतिक्रिया एउटा मात्र आई रहेको छ–‘हरेक पात्रमा 'पर्फेक्ट' विपिन कार्की’।

यो एकल पङ्क्तिले सामाजिक सञ्जालमा व्यापक छलफल सुरु गरेको छ। प्रतिक्रियाहरू अत्यधिक भएका छन्। उनको यो तस्बिर अर्थपूर्ण पनि देखिएको छ। च्यातिएको लुगा लगाएका, अस्तव्यस्त देखिएका र पूर्ण रूपमा एक खस्रो पात्रमा रूपान्तरित उनी देखिएका छन्। तस्बिरमा कार्की मानसिक स्वास्थ्यसँग सङ्घर्ष गरिरहेका एक पात्रको भूमिका निर्वाह गरिरहेका छन्।

हुन त उनले अभिनय गरेका हरेक चलचित्रको पात्रलाई न्याय दिएका हुन्छन्,  चाहे उनको चलचित्र ‘ऊनको स्विटर’ को गाउँमा बसोबास गरिरहेका काफ्ले हुन वा ३० वर्षीय आत्म खोज गरिरहेका पात्र ‘हरि’, एक्सन मुडमा, चलचित्र ‘लुट’ मा ग्याङ्गस्टर भूमिका, नाका मा गोल्डी जस्ता पात्रमा अभिनेता देखिएका थिए। उनले निर्वाह गरेका हरेक पात्रलाई उनले जीवन्त बनाएका छन्।

प्रकाशित: १७ फाल्गुन २०८२ १६:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App