२२ मंसिर २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

दर्शककाे नजरमा पर्दै ‘अभिमन्यु: च्याप्टर-१’

नेपालमा कमै मात्रै बन्छन्, सस्पेन्स थ्रिलर ड्रामा। मेकिङमा पर्याप्त ध्यान पुर्‍याउनुपर्ने र ड्यासिङ पफर्मेन्स तथा सोहीअनुसार सस्पेन्स स्टोरी चाहिने भएकाले नेपालमा कमै बन्छन्, सस्पेन्स थ्रिलर ड्रामा। स्क्रिप्टको अभाव रहने नेपाली सिनेमा उद्योगमा सस्पेन्स थ्रिलरका लागि झनै स्टोरी भेटिँदैन।

अहिले हलमा लागेको नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ यस्तै सस्पेन्स थ्रिलर ड्रामा हो। जसले सस्पेन्समा दर्शकलाई राख्छ र नेपाली समाजको कथा भन्छ।

अधिकांश समय सस्पेन्स क्रिएट गर्दै ‘अभिमन्यु: च्याप्टर–१’ मधेसमा समस्याकै रूपमा रहेको दाइजो प्रथाको कथा भन्छ। दोस्रोमा पछिल्लो समय नेपाली समाज कसरी इजी मनिका लागि सहजै अनेक तिकडम गरिरहेको छ, यसलाई देखाउँछ।

सस्पेन्स क्रिएट गर्दै समाजको यथार्थ कथा भन्न फिल्म मेकरलाई पनि सहज छैन तर दर्शकलाई मजाले होल्ड गरेको स्वयं ‘अभिमन्यु’ हेर्ने दर्शकले बताइरहेका छन्।

जति धेरै जनराका सिनेमा बन्छन्, चलचित्र उद्योगका लागि त्यति नै राम्रो हो। त्यसैले जनरा सिनेमालाई पनि सबैले प्रोत्साहन गर्नुपर्छ। होइन भने सिनमा एकदुई जनरामै केन्द्रित हुन्छन्।

‘अभिमन्यु’ हेर्ने दर्शकले यसको सिक्वेलको माग गरेका छन्। त्यसो त मेकरले सुरुमै च्याप्टर–१ भनेकाले यसको सिक्वेल त पक्कै आउँछ नै होला। दर्शकको मागले मेकरलाई सिक्वेल बनाउन उत्साहित बनाएको छ।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’ को क्रिएटिभ निर्देशक मदन थापा हुन्। यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ।

‘अभिमन्यु : च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सहनिर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्। सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्यछन्।

शरद महतो डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरे सम्पादक रहेका छन्।

प्रकाशित: २१ मंसिर २०८२ १३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App