२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

‘आ बाट आमा’ ले तान्याे मन

चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’ को टिजरले २ दिनमै वान मिलियन भ्युज कटाएको छ। युटुबमा रिलिज भएको छोटो समयमा नै ११ लाख भ्युज कटाएको हो।

त्यसैगरी ५२ हजार लाइक दर्शकले यस टिजरलाई गरेका छन् भने २१ सयभन्दा बढीले कमेन्ट गर्दै फिल्मको प्रतीक्षामा रहेको प्रतिक्रिया दिएका छन्। युटुबमा कमेन्टकर्ता आशिष मल्ल ठकुरीले यो टिजर एक सय ३ पटक हेर्दा पनि आफ्नो मन नभरिएको प्रतिक्रिया दिएका छन्।

उनी लेख्छन्,‘ १०३ सयचोटि हेरिसकेँ। म नै भरिएन। अब सिधै फिल्म हेर्ने छु। पल शाहको अभिनय यति उत्कृष्ट छ कि बयान गर्न सकिन्न।’

अर्का कमेन्टकर्ता सुरज थापाले अभिनेत्री विपना थापाको जत्तिकै अभिनय गर्न कसैले नसक्ने दाबी गरेका छन्।

उनी लेख्छन्,‘ बिपना थापा इज बेस्ट बिपना थापा। कसैले सक्छ विपना थापा जतिको राम्रो अभिनय गर्न ?’

धेरैले ‘आ बाट आमा’ नाम नै काफी भएको प्रतिक्रिया दिएका छन्। यो प्रतिक्रियाबाट निर्माण पक्ष पनि निकै उत्साहित छन्।

परदेशिन लागेको छोराप्रति आमाबुबाको मनमा कस्तो हुन्छ भन्ने भाव फिल्मको टिजरले झल्काएको छ। धेरै नेपालीको कथा बोलेको हुनाले पनि यो फिल्मको टिजर छोटो समयमा नै दर्शकले असाध्य माया गरेका हुन्।

छोटो समयमा नै फिल्मको टिजरले युटुबमा यति धेरै भ्युज पाएको सम्भवत पहिलो हो। टिजरमा विदेशिन लागेको छोराप्रति अभिनेत्री विपना थापा र प्रदीप रावतको कारुणिक रुवाइ दर्शकले मन भकानिन्छ।

चितवन, काठमाडौं लगायत विभिन्न स्थानमा खिचिएको यस फिल्ममा पल शाह, प्रदीप रावत, विपना थापा, गजित बिष्ट, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती लगायतले मुख्य भूमिकामा अभिनय गरेका छन्। आमा र सन्तानको मायाममता तथा स्नेहको कथा फिल्मले बोल्ने छ।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको डिओपीमा नवराज उप्रेती छन्। फिल्मको संगीतमा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम छन्।

यस फिल्मको वितरण  आरआर फिल्म्सले गर्दैछ  भने यो फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ। फिल्म आउँदाे माघ १६ गतेबाट प्रदर्शनमा आउँदै छ।

प्रकाशित: २५ मंसिर २०८२ १३:०९ बिहीबार