८ चैत्र २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

‘आ बाट आमा’ ले पूरा गर्यो ५१ दिन

चन्द्र पन्त निर्देशित चलचित्र  ‘आ बाट आमा’ ले आइतबार ५१ दिनको सफल प्रदर्शन पूरा गरेको छ।

कतिपय चलचित्र प्रदर्शनमा आएको दर्शकले थाहै नपाई सिनेमाघरबाट उत्रेको अवस्थामा ‘आ बाट आमा’ ले एक महत्वपुर्ण उपलब्धि हासिल गरेको हो।  

५१ दिन सफल पूरा गरेको अवसरमा चलचित्रका टिमले काठमाडौंमा एक कार्यक्रम आयोजित गरि कलाकार र प्राविधिकलाई प्रशंसा पत्र हस्तान्तरण गरको छ।

प्रचारसहित दुई करोडमा निर्माण भएको चलचित्रले १३ करोड भन्दामाथिको सफल व्यापार गरेको चलचित्र विकास बोर्डले जनाएको छ।  

चलचित्रको पहिलो भाग सफल भएपछि दोस्रो श्रृंखला चाँडै ल्याउने घोषणा समेत गरिएको छ। निर्माण पक्षका अनुसार ‘आ बाट आमा २’ को छायांकन वैशाखको दोस्रो साता भित्र हुने भएको छ। चलचित्र भने दशैंलाई लक्षित गरेर प्रदर्शन हुने भएको छ।  

दोस्रो श्रृंखलाको कथावस्तु अघिल्लोभन्दा पूर्णतः भिन्न हुने बताइएको छ। ‘यसको कथा पूर्णरुपमा भिन्न हुनेछ। कथा एकापसमा जोडिएको छैन’ पन्तले भने, ‘पूर्ण नयाँ कथा र इमोसन जोडेर दोस्रो श्रृंखला बन्नेछ।’

दोस्रो श्रृंखलामा नयाँ कथा र सकेसम्म नयाँ कलाकारलाई देख्न सकिने पन्तको भनाइ छ।

प्रकाशित: ८ चैत्र २०८२ १५:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App