चलचित्र ‘पेन्सन पट्टा’ को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक भएको छ। शुक्रबार पोखरामा एक कार्यक्रमको बिच उक्त गीत सार्वजनिक भएको हो। गीतमा अभिनेता दयाहाङ राई, बुद्धि तामाङ, विल्सन विक्रम राई, गौमाया गुरुङ, माओत्से गुरुङ लगायतका कलाकारहरु गुरुङ पोशाकमा प्रस्तुत छन्।
जसमा गुरुङ समुदायका जीवनशैलीलाई कलात्मक ढंङले प्रस्तुत गरेको छ। उक्त गीतले गुरुङ संस्कृतिका सजाइएको मौलिक परिवेशमा प्रेम, समर्पण र जीवनभर सँगै रहने प्रतिबद्धताको भावलाई प्रस्तुत गरेको छ। गीतमा हर्क साउदको शब्द, मनोज थापा मगरको संगीत छ।
राजबहादुर गुरूङ, सरून गुरूङ, उषा गुरूङ र प्रिया गुरूङले यसमा स्वर दिएका छन्।
चलचित्रका लेखक तथा निर्देशक माओत्से गुरूङ हुन, भने यसको निर्माता सपना गुरूङ हुन। चलचित्र भदौ २६ गतेदेखि प्रदर्शनको तयारीमा छ।
प्रकाशित: २ श्रावण २०८३ १६:५९ शनिबार




-600x400.jpg)
