‘अविरल जनसाहित्य यात्रा’ को ११० औँ विशेष शृङ्खलामा कवि होमशंकर बास्तोलाले एक दर्जन कविता प्रस्तुत गरेका छन्।
कार्यक्रम राष्ट्रिय जनसांस्कृतिक सङ्घ, नेपालकाे आयाेजना तथा राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष प्राज्ञ नर्मदेश्वरी सत्यालकाे अध्यक्षतामा भएकाे हाे।
विशेष समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले एकदशकभन्दा लामो समयदेखि निरन्तर आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’ को ११० औँ विशेष शृङ्खलामा साहित्य सिर्जना, सामाजिक–साङ्गठनिक नेतृत्व, साहित्यिक सङ्घसंस्थामा क्रियाशीलता जनाइरहेका सशक्त प्रगतिवादी स्रष्टा होमशङ्कर बास्तोलाका गजल र कविता सहित एक दर्जन रचना प्रस्तुत गरिएकाे छ।
२३ वर्षदेखि अन्तर्बोध साहित्यिक पत्रिका सम्पादन गर्दै आएका बास्ताेलाले राजनैतिक तथा सामाजिक विसङ्गतिप्रति प्रहार गर्दै एकल कविता वाचन गरेका थिए।
साहित्य सदन, नेपाल, रामहिटी, बौद्धमा भएकाे कार्यक्रममा कविहरू गणेशकुमार मिश्र, बोधराज पौडेल, डा. नवराज रिजाल, त्रिलोचन आचार्य, विकल त्यागी, रोजु गौतमले कविता वाचनमा सहयाेग गरेका थिए।
साहित्य सदन नेपालका अध्यक्षसमेत रहेका कवि, समालोचक प्राडा हेमनाथ पौडेल प्रमुखका रूपमा रहेको उक्त विशेष समारोहमा अतिथिका रूपमा पूर्वमन्त्री एवम् साहित्यकार शान्ता मानवी, प्राडा बद्रीविशाल पोखरेल, राष्ट्रिय जनसांस्कृतिक महासङ्घकी उपाध्यक्ष नमुना शर्मा र महासचिव आर.सी. न्यौपाने उपस्थित थिए।

सङ्घका महासचिव डा.कृष्ण सुवेदीले सञ्चालन गरेकाे कार्यक्रममा प्रगतिशील लेखक सङ्घका महासचिव समीर सिंह, प्राडा विदुर चालिसे, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका निवर्तमान अध्यक्ष डा. फणीन्द्रराज निरौला, आर.एम. डङ्गोल, डा. लेखराज खतिवडा, प्रहलाद पोखरेल, डा. नवराज रिजाल, बोधराज पौडेल, विकल त्यागी, रोजु गौतम, कुशल बोगटी, खेमराज निरौला, शिव अधिकारी, गङ्गा कर्माचार्य पौडेल, प्रशान्त खरेल, ओमप्रसाद कोइराला, साधुराम नेपाल, लक्ष्मण तिमल्सिना, विश्वनाथ तामाङ, ज्ञानु विद्रोही, गोपालकुमार मैनाली, मोहन गुरुङ, पार्वता गौतम, विमला भट्टराई, माधव भट्टराई, खेमराज कट्टेल, समृद्धि बास्तोला, दिनिशा भट्टराई, सान्भी बास्तोला, सिता बजगाईं लगायतको उपस्थिति थियो।
प्रकाशित: १४ असार २०८३ ११:४६ आइतबार





