१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

कवि विष्णु वियोगीको ‘किरिच’ को विमर्श

महेन्द्र बहुमुखी क्याम्पस, धरानको नेपाली विभागले कवि विष्णु वियोगीको कवितासङ्ग्रह ‘किरिच’ को विमर्श गरेकाे छ।

नेपाली विभागका विभागीय प्रमुख डा. दीपकप्रसाद न्यौपानेको अध्यक्षता तथा प्राडा टङ्कप्रसाद न्यौपानेकाे प्रमुख अतिथि कृतिकाे विमर्श भएकाे हाे।

उपप्राध्यापक लक्ष्मीकुमार श्रेष्ठले शब्दमार्फत उपस्थित जनलाई स्वागत गरेका थिए।

उक्त कार्यक्रममा प्राज्ञ प्राडा खेमराज खनाल, प्राडा गोपालप्रसाद भण्डारी, प्राडा खेमनाथ दाहाल, प्राडा भीम खतिवडा, प्राडा सागरमणि सुवेदी, पिण्डेश्वर विद्यापीठका प्राचार्य काशी पौडेल, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही लगायतको उपस्थिति थियो।

उपप्राध्यापक राजेशकुमार यादवको सञ्चालन गरेकाे उक्त कार्यक्रममा साहित्यका अतिरिक्त प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। साथै महेन्द्र बहुमुखी क्याम्पस, धरानका विभिन्न तहका विद्यार्थीहरूको बाक्लो उपस्थितिले कार्यक्रमको शोभा बढाएको थियो।

प्राडा भीम खतिवडा र डा. सुभाषचन्द्र न्यौपानेले ‘किरिच’ माथिको विमर्श प्रस्तुत गरेका थिए। प्राडा खतिवडाले पुस्तकको रचनागर्भबारे कुरा गर्दै निकै मेहनतका कारणले मात्र यो कृति बाहिर आएको बताए।

नेपाल संस्कृत विश्वविद्यालयको पूर्व शिक्षाध्यक्षसमेत रहेका खतिवडाले यस कृतिका रचनाहरूले सिङ्गो समाजको प्रतिनिधित्व गरेको बताए।

उता विमर्शक न्यौपानेले भने ‘किरिच’ लाई प्रयोगवादी कृतिका रूपमा चर्चा गरे।

कार्यक्रममा निरोज आचार्य, प्रेसिका निरौला, नवराज पोखरेल ‘नवशिला’, दीपेन्द्रसिंह दर्नालले कृतिका रचना वाचेका थिए।

कवि वियोगी पेसाले शिक्षक हुन्। २०५३ सालमै तयार भए पनि यो कृति २०८० सालमा मात्र प्रकाशनमा आएको हो।

प्रकाशित: ४ फाल्गुन २०८२ १२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App