१६ मंसिर २०७९ शुक्रबार
कला

समय कर्म

लघुकथा

रोशन पराजुली

दिन छोटिएको अनुभूतिसँगै ऋतु परिवर्तनले समयलाई चिसोको संकेत दिंदा दैनिक जीवन जिउने कलाकारहरूलाई कठिन हुने नै भयो।

कुनै लेखकले संघर्षको फेरो मार्दा घनघस्याको उकालीले पाएको चेतना पनि विकासे फन्को मारेको अनुभूति सायद गाउँलेहरूले गर्दै होलान्।

धरानको फुस्रे बजारबाट सातु-सामल र नुन बोक्ने जीवनले चिउरीबासको चौतारीमा खुइय गर्दै भारी बिसाउँदा सर्दुको चिसो सिरेटोमा आनन्दको अनुभूति पनि कतै नब्बेका उमेरमा सम्झना ताजै छ कि?

खोजीको विषय नै भन्नुहोला, ‘आज फुस्रेमुनिको जिरो पोइन्टले विकासे फड्को मार्दा माथि भेडेटारमा तोङबा र सुकुटीमा तराई र छिमेकी देशका ज्यानले सुरासँगै अमिलो रसस्वादन गर्न थकान मार्ने थलो पाएको चित्र कोरिएको छ।’

भनूँ, एउटा सुन्दर वस्तुमा ओल्टाईपल्टाई गर्दा नरिवलझैं भएको छ समय पनि।

कहिले उकाली र कहिले ओरालीका वृतचित्र कोरिदिएर कलाकारहरू आफ्ना कुची मुखमा राख्दा झन् उल्टै जंगल पसेझैं देखिन्छ।

फेरि समयले हिमाल,पहाड,तराई गर्दा चिसो र तातोको प्रत्याभूतिसँगै बुढो बैंसले अर्काे जन्मको सपना देख्न थाल्नेछन्।

खोई के भनूँ, ऋतु र जीवनको परक छुट्याउनै पनि युग पर्खनै पर्छ कि? 

प्रकाशित: ३० कार्तिक २०७९ १३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App