१९ असार २०८१ बुधबार
image/svg+xml
कला

काठमाडौंमा हंगेरीका कलाकारको प्रस्तुति

काठमाडौंमा हंगेरीका कलाकारले सांस्कृतिक प्रस्तुति दिएका छन्। मंगलबार नेपाल–हंगेरी चेम्बर्स अफ कमर्सले आयोजना गरेको ‘नेपाल–हंगेरी हिस्टोरिकल कल्चरल प्रोग्राम’ मा हंगेरीका पाँचजना कलाकारले स्थानीय लोकगीत तथा नृत्य प्रस्तुत गरेका हुन्।  

हंगेरीको स्थानीय गीत–संगीतको प्रस्तुति बेजोड देखिएको थियो। हंगेरीको लोकसंस्कृति प्रदर्शसनसँगै कार्यक्रममा नेपालको लोकसंस्कृति पनि प्रदर्शन गरिएको थियो। सन् २०१८ मा स्थापना भएको संस्थाले दुई देशबीचको बहुपक्षीय सम्बन्धलाई बिस्तार गर्न यो कार्यक्रमको आयोजना भएको वरिष्ठ कलाकार कृष्ण मल्लले बताए।  

उनले दुई देशबीचको संस्कृति आदान–प्रदान गरी सम्बन्धलाई सुमधुर बनाउन कार्यक्रमले सहयोग पुग्ने बताए। संगीतको माध्यमबाट दुई देश बीचको सम्बन्ध झनै सुधार हुने र बढ्ने विश्वास व्यक्त गरे। संगीतले सबै क्षेत्र र समुदायलाई एकसाथमा समेट्ने भएकोले संगीत कुनै भाषा र शब्दमा समेट्न जरुरी नरहेको बताए। उनले सांस्कृतिक कार्यक्रमहरुले नेला र हंगेरीबीचमा पनि एकअर्काका संस्कृतिहरुको साटासाट गर्ने अवसर मिल्ने बताए। 

प्रकाशित: २३ कार्तिक २०७९ ०८:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App