२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

प्रसाईंको पुस्तक ‘धेरैको धपेडी’ लोकार्पण

लेखक जीवनकुमार प्रसाईंको पुस्तक ‘धेरैको धपेडी’ सार्वजनिक भएको छ। स्वास्थ्य र जीवनशैलीका अन्तरवस्तुलाई केलाएर सुखमय जीवन बाँच्ने सूत्र पस्किँदै आएका प्रसाईंको पुस्तकलाई नेपालयले प्रकाशन गरेको हो।

पछिल्लो समय मानिसले के र कति भन्दा पनि सकेसम्म धेरै भन्न थालेको र यही ‘धेरै’ को भावनाले सुख हरण भएको सन्दर्भलाई पुस्तकले उठान गरेको छ।

बढ्दो उपभोक्तावादले जनस्वास्थ्य, सामाजिक जीवन र वातावरणमा के कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयलाई उठाउँदै यो पुस्तकले यस विषयमा वैज्ञानिक तथ्यलाई सरल भाषामा व्याख्या गर्ने कोसिस गरेको छ।

‘जीवनको जतन धेरैमा होइन तन, मन र वातावरण बीचको सन्तुलनमा टिकेको हुन्छ,’ प्रसाईंले भने, ‘यो चेतना सँगसँगै सनातनदेखि चलिआएको संस्कृति र सम्पदाको संरक्षण र सम्वर्द्धन गर्नु आज जरुरी भएको छ।’ लेखक प्रसाईं अमेरिकाको बर्मिङघमस्थित युनिभर्सिटी अफ अलावामामा अनुसन्धान तथा अध्यापनमा संलग्न छन्। उनले अढाइ दशकभन्दा बढी समयदेखि जडीबुटी र खाद्यपदार्थमा रहेका पोलीफेनोलको क्यान्सर लगायत जीर्ण रोगको नियन्त्रण तथा उपचारमा हुने असरका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन्।

प्रकाशित: २५ भाद्र २०७९ ०१:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App