फिल्ममा षड्यन्त्र र बाधाहरुलाई चिर्दै शासन, सत्ता र शक्ति प्राप्त गरेको घटनाक्रम देखाइएको छ । इतिहासको क्रुर पात्रको रहस्य र रोमान्सको परिवेश फिल्ममा राखिएका छन् । फिल्म बैशाख १७ देखि देशभर प्रदर्शन हुदैछ भने अष्ट्रेलिया, बेलायत, अमेरिका र बेल्जियम लगायतका देशमा समेत एकैसाथ प्रदर्शन गर्ने तयारी गरिँदैछ। फिल्मको प्रिमियर भने अष्ट्रेलियामा हुनेछ।
फिल्मलाई आईडियाज एण्ड ईमेजेज र अभाना प्रोडक्सनले प्रस्तुत गरेको हो।
फिल्मको कथा संयुत्र रूपमा सुसन प्रजापति, सुभाष कोइराला र एमएस अग्रजले लेखेका हुन्। संगीतकार अल्मोडा राना उप्रेतीले फिल्ममा संगीत दिएका छन्। कलाकारहरू सुरजसिंह ठकुरी, ऋचा शर्मा, अनुप बराल, दीपशिखा शाही, नरेश पौडेल, शंशांक मैनाली, प्रदिप ढकाल, सुशीलराज पाण्डे, जोयस पाण्डे, केभिन कार्की र दृश्य सुवेदी लगायतले फिल्ममा अभिनय गरेका छन् ।
प्रकाशित: १४ माघ २०७२ ०१:२६ बिहीबार





