१० चैत्र २०८२ मंगलबार
image/svg+xml
कला

'वुमन इन कन्सर्ट' को अडिसन शनिबार

काठमाडौं-हरेक वर्ष आयोजना हुने वुमन इन कन्र्सटमा सहभागि हुने नयाँ गायिकाहरुको लागि अडिसन सुरु गरिएको छ। अन्तर्राष्ट्रिय महिला दिवस पारेर आयोजना हुने कन्सर्टको लागि आगामी शनिबार लाजिम्पाटस्थित तिर्सारामा 'ट्यालेन्ट हन्ट अडिसन'को आयोजना गरिदैछ।गत साता सम्पन्न अडिसनबाट गायिका अभया सुब्बा, श्रेया सोताङ र बिक्रान्त श्रेष्ठले सात जना नयाँ कलाकारहरु छनोट गरेका थिए। 'हामीले १२ जना केटीहरुलाई अडिसनबाट छनोट गर्दैछौं । बाँकी पाँच जनाको लागि आगामी शनिबार अडिसन गर्दैछौं,'आयोजककी अभया सुब्बाले सामाजिक सञ्जालमा उल्लेख गरेकी छिन् । ट्यालेन्ट हन्ट अडिसनको विजेताले ५० हजारसहित गीत रेकडिङ र म्युजिक भिडियो तयार गर्ने अवसर पाउनेछन् ।

रक गायिका अभया सुब्बाको निर्भया फाउन्डेसनले आयोजना गर्दै आएको वुमन इन कन्सर्टमा चर्चित र नयाँ गायिकाहरु सहभागि हुने गरेका छन् । यो कन्सर्ट विगत १२ वर्षदेखि आयोजना भइरहेको छ ।

प्रकाशित: १३ माघ २०७२ ०३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App