१० चैत्र २०८२ मंगलबार
image/svg+xml
कला

१८ वर्षसम्म केटाहरुप्रति आकर्षण थिएनः सनी लियोन

मुम्बई–पूर्व पोर्नस्टार एवं बलिउड चर्तित अभिनेत्री सनी लियोनले आफूँ १८ वर्ष हुँदासम्म केटाहरु आकर्षित नभएको खुसाला गरेकी छिन्। साथै उनले १८ वर्षको उमेरसम्म आफू पनि केटाप्रति आकर्षित नभएको जनाइन्।

उनले आफू किशोरावस्थामा निकै चलाख र आफ्नै दुनियामा रमाउने किसिमको रहेको बताइन्। भारतीय संचारमाध्यमसँग कुरा गर्दै उनले भनिन,'म किशोरावस्थामा निकै चलाख र आफ्नै दुनियामा रमाउने किसिमकी थिएँ,' उनले भनिन्,'म १८ वर्ष हुँदासम्म केटाहरु मप्रति आकर्षित हुँदैन थिए।'

संचारमाध्यमसँगको कुराकानीमा उनले कलेजमा आफू एरवेजको विद्यार्थी भएपनि आफ्नो इच्छा भने मार्केटिङ गर्ने भएको बताइन्। ' म किशोरावस्थामा अर्कै पाराकी थिए, मेरा धेरै साथीसमेत थिएनन्,' उनले भनिन्। भिडियो इडिटिङ, फोटोशपमा काम गर्ने बाहेक पनि धेरै काम जानेको उनको भनाइ थियो। 'सामान्य मानिसले १८ वर्षको उमेरमा यति धेरै जानेका हुँदैनन्,' उनले भनिन्। उनले आफू १८ वर्षको हुँदासम्म केटाप्रति कुनै आकर्षण नभएको दाबी गरिन्।

प्रकाशित: १२ माघ २०७२ २३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App