१० चैत्र २०८२ मंगलबार
image/svg+xml
कला

मिस नेपालको आवेदन खुला

काठमाडौं-मिस नेपाल २०१६ प्रतियोगिताका लागि नेपालभरका युवतीका लागि आवेदन खुला गरिएको छ। मिस नेपालको आधिकारिक फेसबुक पेजमार्फत आयोजकले आवेदन खुला गरेको हो ।प्रतियोगितामा भाग लिन चाहने युवतीहरुले आउँदो फागुन ७ सम्ममा आवेदन फारम भरिसक्नुपर्नेछ। प्रतियोगिताको आयोजना हिडन ट्रेजरले गर्दैछ। मिस नेपालको यो २१ औं संस्करण हो। हिडन ट्रेजरका गोपाल सुन्दरलाल कक्षपतिका अनुसार विराटनगर, धरान, पोखरा, चितवन, बुटवल र वीरगञ्ज लगायत स्थानमा मिस नेपालको अडिसनको आयोजना गरिने जानकारी गराए ।

१९ देखि २४ वर्ष उमेर समूहका १२ कक्षा पास गरेका युवतीहरुले भाग लिन पाउनेछन् । 'चैतको अन्तिम सातासम्ममा मिस नेपालको फाइनल सम्पन्न भइसक्नेछ । तत्काल मिति तोक्न भ्याइसकेका छैनौं,'आयोजकका राजभाइ सुवालले भने । मिस नेपालको आधिकारिक वेवसाइटबाट प्रतियोगिताहरुले आवेदन फारम भर्न सक्नेछन् ।

प्रकाशित: १२ माघ २०७२ ०६:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App