१० चैत्र २०८२ मंगलबार
image/svg+xml
कला

म्युजिक भिडियोमा कालिप्रसाद र केकीको लभ स्टोरी

काठमाडौं-संगीतकार कालिप्रसाद बाँस्कोटाले एकल म्युजिक भिडियोको सुटिङ सिध्याएका छन्। 'डुबिरहन देउ मलाई' बोलको गीतको म्युजिक भिडियोमा उनलाई अभिनेत्री केकी अधिकारीले साथ दिएकी छिन्।

माघको अन्तिम साता रिलिज गर्ने तयारी रहेको 'डुबिरहन देउ मलाई' गीतको रचना र संगीत संगीतकार बाँस्कोटाले गरेका छन् । म्युजिक भिडियोको निर्देशन भने प्रणव जोशीले गरेका छन् । प्रेम गीत भनिएको यस गीतको भाव यस्तो छः

डुविरहन देउ मलाई,
हेराइका छालहरुमा,
हिडाइका चालहरुमा।।

'म्युजिक भिडियोमा मेरो एकल डेब्यु हो। कुनै अनुभव विनानै म्युजिक भिडियोमा काम गरेको हुं,'उनले भने,'यसवर्ष तीन वटा गीतहरु सार्वजनिक गर्ने सोच अनुसार पहिलो गीतको म्युजिक भिडियोमाकाम गरेको हुं।' दुईदिने म्युजिक भिडियोको सुटिङ काठमाडौं प्लाजा र त्रिपुरेश्वरमा गरिएको थियो । हाल निर्देशक रामबाबु गुरुङको 'पुरानो ढुंगा' र 'सायद–२'को संगीतको काममा व्यस्त उनी भ्यालेन्टाइन डेलाई केन्द्रित सांगीतिक कार्यक्रममा राजधानी, चितवन र पोखरामा पुग्नेछन् ।

प्रकाशित: १२ माघ २०७२ ०३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App