१० चैत्र २०८२ मंगलबार
image/svg+xml
कला

४० वर्षको मिहिनेत सफलः उदितनारायण

काठमाडौं— भारतले गायक उदित नारायाण झालाई पद्म भुषण सम्मान प्रदान गर्ने भएको छ। सोमबार यो खबर फैलिएसँगै उनलाई बधाई दिने र सामाजिक सञ्जालमा गाली गर्ने पनि उत्तिकै देखिए।

'साँच्चै खुशी लागिरहेको छ। ३५–४० वर्ष काम गर्दा यो दिन आउँछ भनेर मैले कहिलै सोचेको थिइनँ', उदितलाई उदृत गर्दै आजतकले उल्लेख गरेको छ, 'ईश्यवरको ठूलो कृपया हो। सदैव मलाई प्रार्थना गर्ने मेरा सबै शुभचिन्तकलाई धन्यवाद दिन चाहन्छु। भारत सरकारलाई पनि धन्यवाद दिन चाहन्छु।'

उदितसँगै अभिनेता अनुपम खेर, सायना नेहवाला तथा सानिया मिर्जालाई पद्म भुषण प्रदान गरिनेछ।

नेपालकाे सप्तरीमा जन्मिएका उनी कुनै बेला बलिउड फिल्मका स्टार गायक थिए। नेपाली गीत गाउँदागाउँदै बलिउडमा स्थापित भएका उनी पछिल्लाे समय मुम्बइ बस्दै अाएका छन्।

प्रकाशित: ११ माघ २०७२ २३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App