९ चैत्र २०८२ सोमबार
image/svg+xml
कला

वडा नम्बर ६ जापानमा प्रदर्शन गरिने

टोकियो— नेपालमा चर्चामा रहेको नेपाली फिल्म 'वडा नं ६' जापानमा प्रर्दशन गरिने भएको छ। फेब्रुअरी १४ तारिक आइतवार मेगुरो कुमिन सेन्टरमा सो फिल्म प्रदर्शन गर्न लागिएको हो।निर्देशक उज्ज्वल घिमिरेको निर्देशनमा बनेको 'वडा नं ६' मा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, दयाहाङ राई, विल्सन विक्रम राई, दीपाश्री निरौला, शिवहरि पौडेल, सन्दीप क्षत्री लगायतका चर्चित हास्यकलाकारहरूले अभिनय गरेका छन्।

अनाथ र असहाय बालबालिकाहरूको अध्ययन सहयोगार्थ जापान मनी एक्सप्रेस(जेएमइ) को व्यवस्थापनमा प्रदर्शन हुन लागेको सो चलचित्रको कुल आम्दानीको १०% रकम एनआरएन जापानको परोपकारी कोषलाई हस्तान्तरण गरिने घोषणा आयोजकले जनाएका छन्।

'हाम्रो सानो प्रयासले यो प्रवासी भूमिमा नेपाली चलचित्र प्रदर्शन हुन्छ र केही रकम जम्मा गरेर दिनदुखीलाई सहयोग गर्न सकिन्छ भने किन नगर्ने? भनेर चलचित्र प्रदर्शन मा हामी जुटेका हौं', जेएमइका अध्यक्ष ओम गुरुङले भने।

वडा नं ६ जापानका अन्य शहरहरुमा पनि प्रर्दशनको तयारी भइरहेको बताइएको छ।

प्रकाशित: ७ माघ २०७२ ०७:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App