९ चैत्र २०८२ सोमबार
image/svg+xml
कला

मकाउमा 'कबड्डी' हिट

काठमाडौं– नेपालमा सुपरहिट भएको फिल्म 'कबड्डी कबड्डी'ले मकाउमा समेत मन जितेको छ। रामबाबु गुरुङद्वारा निर्देशित फिल्मलाई मकाउमा बम लिम्बु र किरण श्रेष्ठ मिलेर रिलिज गरेका हुन्।गत शुक्रबार 'कबड्डी कबड्डी' मकाउको काम पेक कम्युनिटी सेन्टरमा बिहान र बेलुका दुई शो चलेको थियो। प्रत्येक शोमा लगभग ६०० को हाराहारीमा नेपाली दर्शक उपस्थिति रहेको आयोजक श्रेष्ठले टेलिफोनबाट जानकारी दिए।

लगभग ३५ सय नेपाली कामदार रहेको मकाउमा एउटा सुपरहिट फिल्मले तीन लाख रुपैयाँसम्म आम्दानी गर्नसक्ने श्रेष्ठको हिसाब छ। 'नेपालीहरु मकाउमा बिहान, दिउँसो र राति गरी तीन सिफ्टमा काम गर्छन्,' श्रेष्ठले भने, 'त्यही भएर हामीले दुई शो गर्नुपरेको हो ।'

दर्शकले फिल्मका कलाकार दयाहाङ राई, सौगात मल्ल, विजय बराल र बुद्धि तामाङका अभिनयलाई निकै मन पराएको उनी बताउँछन्। 'दर्शकहरु अब कबड्डीको तेस्रो शृंखलाको प्रतीक्षामा छन्,' श्रेष्ठले भने ।

आगामी दिनमा मकाउका नेपालीहरुलाई यस्तै मौलिक तथा मनोरञ्जनप्रधान फिल्म देखाउँदै जाने अाफूहरुको योजना रहेको उनले बताए ।

प्रकाशित: ६ माघ २०७२ ०७:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App