जाडोको मौसममा काम्दै जीवन जिउन बाध्य मुसहरलाई न्यानोको अनुभूति गराउन सिरक डस्ना वितरण गरेको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ। प्रत्येक परिवारलाई एक बोरा चामल र दाल पनि उपलब्ध गराइएको छ। नेपाली कम्युनिटी सेन्टर ओल्र्याण्डो र युनाइटेड फ्लोरिडाको सहयोगमा कलाकार धुर्मुस र सुन्तली फाउण्डेशनले साढे ५ लाख बराबरको राहात प्याकेज मुसहर बस्तीमा वितरण गरेका हुन्।
मुसहर बस्तीका होनहार तथा सबैभन्दा पढे लेखेका मन्जे सदा मुसहरलाई कलाकारद्वयले फाउण्डेशनको तर्फबाट प्रोत्साहन स्वरुप ५ हजार रुपैयाँ नगद पनि प्रदान गरेको हो।
मुसहर बस्ती नजिकै विद्यालय रहे पनि पढ्न नजाने समस्याले ग्रसित उक्त समुदायमा बढी पढे लेखेर उदाहरणीय काम गरेकाले मन्जेलाई उक्तनगद रकमदिइएको फाउण्डेशनले जनाएको छ। मुसहर समुदायको जीवनस्तर उकास्नका लागि औपचारिक शिक्षासँगै व्यापक जनचेतनाको खाँचो रहेको धुर्मुसको भनाइ छ। गरीब र पिछडिएका समुदायको उत्थानगर्न सके देश आफैँ विकसित बन्दै जाने उनले बताए।
प्रकाशित: ५ माघ २०७२ २३:५९ मंगलबार





