२३ श्रावण २०७९ सोमबार
कला

बगिरहने नदीजस्तै रहेछ जिन्दगानी

बालकविता

होमनाथ खनाल

गाउँघरको बसाइ हाम्रो, गाउँमै हुर्कियौं बढ्यौ,

बाल्यकालको याद आउँछ,एक आपसमा लड्यौ।

फाल हान्ने छेलो हान्ने, खेल हामी खेल्थिम,

काठको पाटी माटो राखी, ‘कख’ हामी लेख्थ्यौ।

बिहान उठी डोको बोकी, घाँस काट्न जान्थिम,

मकै,भटमास, गुन्द्रुक साँधी, खाजा हामी खान्थिम।

आमाबाबा गुरुजनको, आज्ञाकारी भई,

अराएको लगाएको, गर्थिम काम गई।

यस्तैयस्तै गर्दै हाम्रो,बाल्यकाल गयो,

अहिले त्यता फर्की हेर्दा, कथाजस्तै भयो।

रमाइला थिए दिन हाम्रा, चिन्ता थिएन कहिलै,

हाँसीहाँसी बितेका थिए दिनहरू जहिलै।

पढीगुनी ज्ञानी भई,ठूलो मानिस बनी,

सेवा गर्नु मान्यजनको भन्नुहुन्थ्यो अनि।

बगिरहने नदीजस्तै रहेछ जिन्दगानी,

सम्झिरहेछ बाल्यकालको धेरै कुराकानी।

प्रकाशित: १९ श्रावण २०७९ १०:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App