९ चैत्र २०८२ सोमबार
image/svg+xml
कला

फिदिममा धुलोको धुँवा

पाँचथर–पप गायक धिरज राई आउने खवर ढिलै पाएपनि सहभागि दर्शकहरुमा उत्साहा थियो। तन्नेरी पुस्ताका सयौँ दर्शकहरु मुख्य कलाकारका रुपमा निम्त्याईएकाहरु आउनु भन्दा छिटै फिदिम उच्च माविको खेल मैदानमा भित्रिसकेका थिए। मैदानभरी धुलै धुलो थियो।

जव गायक गायिकाले प्रस्तुती राख्न थाले तन्नेरी दर्शकहरु उफ्रिदै नाँच्ने भए । धुलै धुलो भएको मैदानबाट दर्शक उफ्रिदा धुलो उडेर बादल झैं बनेको थियो। गायकले उफारिरहे दर्शकहरु नाचिरहे । दर्शक भित्रनेक्रम गायक गायिका बिदा भईञ्जेलसम्म कायम थियो।

नेपाली पप गायनका शीर्ष स्थानमा रहेका राईले चर्चित गीत गए । म्युजिक बज्न साथ दर्शकहरुले गीत गाउन थाल्ने गायकले खुशीले उफ्री उफ्री गीत गाएका थिए । धिरजले तिम्रो नयन,तिम्रो अधर ..तिमी रुँदा एक्लै हुँदा... लुकी लुकी आँखा तिमी, वान साईड लभ जस्ता चर्चित गीत गाइरहँदा दर्शक दीर्घामा धुलो उडिरहेको देखिन्थ्यो ।

पछिल्लो समयमा चर्चामा रहेकी गायिका मेलीना राईले पनि आफ्ना प्रस्तुती राखिन । पछिल्लो पटक केही गीतवाट चर्चामा रहेकी उनले प्रस्तुती राख्दा तन्नेरीको खुव माया पाउन सफल भइन्। सौन्र्दयतामा सजिएर मञ्चमा आएकी राईले कम्मर माथि पटुकी, अलकति हट अलिकति स्वीट जस्ता चर्चित गीत गाएर मनोरञ्जन दिन सफल भइन। मेलीना फिदिमका दर्शकमाझ रुचाएकी देखिन्थिन्।

गायिका रेश्मा सुनुवारले फिदिमको महोल तताउन सक्दो प्रयास गरिन । सफल पनि भइन्। तिमीलाई हेर्न भन्ने गीतबाट गाँउन सुरु गरेकी उनले अकासैको झिलमिल तारा, झिम्काइदेउ परेली जस्ता गीत गाइन । उल्लेख्य संख्यमा दर्शकको सहभागिता भएको देखेपछि कलाकारहरु हौसिएका थिए । चिसो मौसममा दर्शकहरुलाई रमाउन गायक÷गायीका सफल भएका देखिन्थे । गायक बादल लिम्बु तथा स्थानीय कालकारले मनोरञ्जन दिने प्रयास गरेका देखिन्थे। मञ्चको अग्रभागमा रहेका जिल्लाका प्रतिष्ठितहरु बसेरै रमाएका देखिन्थे । फिदिम स्पोर्टिङ क्लवले विभिन्न चाँड पर्वको अवसरमा सास्कृतिक कार्यक्रमको अयोजना गरेको हो ।

प्रकाशित: २ माघ २०७२ ०२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App