९ चैत्र २०८२ सोमबार
image/svg+xml
कला

लियोनार्दोले यसपटक ओस्कार जित्लान्?

काठमाडौं-लियोनार्दो डीकार्पिओ अभिनित फिल्म 'द रेभेन्ट' को ओस्कारका लागि १२ नोमिनेसन प्राप्त भएको छ। जवकी 'म्याड म्याक्स फ्युरी रोड' को १० नोमिनेसन प्राप्त छ। यी फिल्मको साथ 'द विग सर्ट', 'ब्रिज अफ स्पाइज', 'द मार्सियन' र 'रुम एन्ड स्पोर्टलाइट' लाई सर्वश्रेष्ठ फिल्मको लागि नोमिनेसन गरिएको छ।


यो बर्ष सर्वश्रेष्ठ अभिनेता र अभिनेत्रीको दौडमा 'गोरा' कलाकार मात्र सहभागि छन्।

पछिल्लो बर्ष उत्कृष्ट अभिनेताको अवार्ड जित्ने ऐडी रेडमेनले यो पटक लियोनार्दो डीकार्पिओलाई चुनौति दिएका छन्।

सार्लोट र्या पलिङ उत्कृष्ट अभिनेत्रीको दौडमा र केट विंसलेट उत्कृष्ट सहायक अभिनेत्रीको दौडमा छन्।

लियोनार्दो डीकार्पिओ यस भन्दा पहिले चार पटक उत्कृष्ट अभिनेताको लागि नोमिनेट भैसकेका छन् तर अवार्ड जित्न भने बाँकी छ।

'द मार्सियन' को लागि अभिनेता म्याट डेमन पनि ओस्कारका लागि नोमिनेसनमा छन्।

प्रकाशित: १ माघ २०७२ ०३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App