बंगाली निर्देशक रूवैयात हुसेनको फिल्म 'अन्डर कन्ट्रक्सन'को प्रर्दशनीसँगै आठ दिने महोत्सव सुरू भएको छ। फिल्मले विकसित हुँदै गरेको बंगलादेशमा एक महिलाले गरेको अवस्था र संघर्षलाई चित्रित गरेको छ। यो महोत्सवको चौथौं संस्करण हो।
फिल्महरूले एसिया र अष्ट्रेलियन सेक्सन अन्तर्गत रिट्रोस्पेक्टिक, सिनेमा अफ वल्र्ड, नोर्डिक फिल्म सेसन, चिल्डेन्स् फिल्म, सर्ट एन्ड इन्डिपेन्डेन्ट फिल्म सेसन, वमन फिल्म मेकर र आध्यात्मिक फिल्म्स् सेक्सन विधामा फिल्महरुले प्रतिस्पर्धा गर्दैछन्। त्यस्तै महोत्सवमा जर्मनी, हङकङ, कोसोभो, इरान, भारत, फिनल्यान्ड, ब्राजिल, अमेरिका, स्पेन, बेलायत, अष्ट्रेलिया, फिलिपिन्स् र हंगेरी लगायत ६० देशका एक सय ७० फिल्महरु प्रदर्शन हुँदैछन्। इरानी फिल्म 'ट्याजिटी' बाट महोत्सवको समापन हुनेछ।
प्रकाशित: ३० पुस २०७२ ०१:५३ बिहीबार





