७ वैशाख २०८१ शुक्रबार
कला

एलओडी क्लबमा आज 'कुटुम्ब'को पञ्चेबाजा, धिमे, सारङ्गी, मुरली र मादल घन्किने

ठमेलस्थित लर्ड अफ द ड्रिंक्स 'एलओडी' क्लबमा आज सांगीतिक समूह  कुटुम्ब ब्याण्डले आफ्नो प्रस्तुती दिने भएका छन्। सधैँ डिजे संगीत सुनिने एलओडीमा आज भने लोकधुन गुञ्जिने छ।

पञ्चेबाजा, धिमे, सारङ्गी, मुरली र मादलको धुनले क्लबको माहोल फरक हुने छ। कुटुम्बले आज स्थानीय लोकबाजाको प्रयोग गरेर दर्शकहरुलाई मनोरञ्जन दिने आयोजकले जनाएकाे छ।

ब्याण्डले च्याब्रुङ, धां, धिमे, बाँसुरी सारंगी, तुङ्गना अर्बाजो, पञ्चेबाजा, मादल, धिमे, सारङ्गी र मुरली जस्ता बाजा प्रयोग गरी आफ्नाे सांगीतिक समूहलाई अगाडि बढाइरहेकाे छ।

नेपालका विभिन्न जातजातिले प्रयोग गर्ने बाजाहरू छ जना रहेका उक्त ब्यान्डले प्रयोग गर्दै आइरहेका छन्। नेपाली संगीत क्षेत्रमा फरक शैलीको धुन बजाएर नाम छुट्टै पहिचान बनाएको समूहले नेपाली बाजाको उत्थान समेत गर्दै आएको छ।

प्रकाशित: ११ असार २०७९ ०४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App