coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

राष्ट्रिय कविता महोत्सव–२०७९’ मा सुनसरीकी टीका आत्रेय प्रथम

नेपाल प्रज्ञा प्रतिष्ठानले बर्सेनि आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सव यस वर्ष पनि सम्पन्न भएको छ। राष्ट्रिय कविता महोत्सव–२०७९’ मा सुनसरीकी कवि टीका आत्रेयको कविता ‘संकल्प’ प्रथम भएको छ।

यसैगरी धादिङका यात्री प्रकाश पाण्डेको ‘आगोमा फुलेको देश’ कविता द्वितीय भएको छ।

भक्तपुरकी सीता तुम्खेवाको ‘चरिसो फूल’, सुनसरीका किरन सिवाको ‘बुवाको सिलाइ मेसिन’ र अछामका कमलराज केसीको ‘सपना उम्रन्छ माटोमा’ शीर्षकका कविता तृतीय भएको नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले प्रेषित गरेको विज्ञप्तिमा उल्लेख छ।

सो घोषणाअघि प्रतियोगितामा अन्तिम छनोटमा परेका तीस जना कविले आफ्ना कविता वाचेका थिए।

प्रकाशित: १० असार २०७९ ०५:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App