६ वैशाख २०८१ बिहीबार
कला

संगीतलाई मौलिकतासहित समयसापेक्ष विकास गर्न आवश्यक: उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली गीत/संगीतलाई मौलिकता रहने गरी समयसापेक्ष विकास गर्न आवश्यक रहेको बताएका छन्।

मंगलवार विश्व संगीत दिवसको अवसरमा नेपाल संगीतिक संघले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै उपराष्ट्रपति पुनले यस्तो बताएका हुन्। उनले नेपाली मौलिकता जोगाएर नेपाली संगीतको संरक्षण र विकास हुनुपर्ने बताए। उपराष्ट्रपति पुनले युवा पुस्ताहरु पश्चिमी गीत, संगीतप्रति आकर्षित हुँदै गएको भन्दै संगीतकर्मीहरुले नेपाली मौलिक संगीतप्रति मोह बढाउने काम गर्न आवश्यक रहेको पनि बताए। उनले मौकिल संगीतले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाएको भन्दै मौलिक संगीतको सिर्जना गर्न, संगीत क्षेत्रको विकासमा योगदान पुर्‍याउन र यसलाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताए।  

उपराष्ट्रपति पुनले भने, ‘नेपाली संगीतको संरक्षण हुनुपर्दछ। विकास हुनुपर्दछ। मुख्यतः हाम्रो मौलिकता जोगिनुपर्छ। हामी सबैले ध्यान दिनुपर्ने कुरा भनेको हाम्रा पुस्ताहरु कुन गीत, संगीततिर आकर्षित भइरहेका छन्, अर्थात् युवा पुस्ताहरुलाई पश्चिमा संगीतहरु सुन्ने रुची बढ्दै गएको देखिन्छ। हामीले नेपाली मौलिक संगीतप्रति मोह कसरी बढाउने भन्नेमा हाम्रो ध्यान जान जरुरी छ। यसका लागि हाम्रो मौलिकता रहने गरी संगीतलाई समयसापेक्ष विकास गर्न आवश्यक देखिन्छ। हाम्रो मौकिल संगीतले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाएको छ। मौलिक संगीतको सिर्जना गर्ने, संगीत क्षेत्रको विकासमा योगदान पुर्‍याउने र यसलाई अन्तर्राष्ट्रियकरण गर्न महत्वपूर्ण योगदान पु¥याउनेुहुने नेपाली संगीतकर्मीहरुमा उच्च सम्मान व्यक्त गर्दछु। यसमा ध्यान दिन जरुरी छ।’

उपराष्ट्रपति पुनले संगीत बिनाको जीवन कल्पना गर्न नसकिने भन्दै पश्चिमा संगीतको दबदबा भइरहेको बेलामा नेपाली संगीकर्मीहरुले विदेशी संगीतलाई प्रतिस्थापन गरी नेपाली संगीतलाई स्थापित गर्न आवश्यक रहेको बताए।

प्रकाशित: ७ असार २०७९ १२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App