१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला

प्रश्न

लघुकथा

प्रेम पुन मगर

निकै वर्ष दुवैले खुब मेहनत गरे। दम्पती मिलेर छोराछोरीलाई हुर्काए,बढाए र पढाए। आफ्नो जीवन पनि चलाए। भएको जायजेथा बिक्ने जति बिकिसके। अधुरो शिक्षा के शिक्षा! उच्च शिक्षा र भविष्य निर्माणका लागि विदेश जानुपर्ने सल्लाह भयो। भएको जमिन बेचे पनि केही रकम अझै नपुग्दो भयो।

उसले आलमारीको केही गहनातिर इसारा गर्दै भन्यो,‘केही पैसा अझै पुगेन। केही उपाय लागेन। यो गहना बेचौं। आलमारीमा राखेर यो गहनाबाट फाइदा हुने पनि होइन!’

उनले रिसाउँदै निर्णय सुनाइन्, ‘यो मेरो पेवा हो। म एक्लैको  कमाइ हो। अहँ,यसो गर्न म मरिगए दिन्नँ।’

‘एक घरपरिवारमा तेरोमेरो भन्ने पनि हुन्छ र? तिमीसँग विवाहपछि मेरो सबै जायजेथा र जीवनभरको कमाइ हाम्रै सन्तानका लागि खर्च भयो। मैले पनि मेरो हो भनेको भए...?’ प्रश्नसँगै उसको बोली रोकियो।

प्रकाशित: ४ असार २०७९ ०६:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App