१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

बालेनको लौरो

लघुकथा

ऋषि तिवारी

सायद उनी हक्की स्वभावका हुन्।

म यस चुनाव ताका काठमाडौंमै थिएँ। बालेन को हुन् , म चिन्दिन थिएँ। उनी स्वतन्त्र उम्मेदवारबाट मेयरमा उठेका थिए। उनको चुनाव चिन्ह नै सानदार लाग्याथ्यो मलाई। चुनाव चिन्ह लौरो। सायद म यस काठमाडौंको बासिन्दा हुन्थें भने म पनि लौरोमै मत दिन्थें।

उनी भोट माग्न निस्किएको दृश्य फेसबुकका युट्युबहरूले निर्धक्कसाथ सम्प्रेषण गरिरहेको थियो। त्यो हेरेर म फिलिम नायक अनिल कपुरलाई बालेनको अनुहारसँग दाँज्न पुगें। अनिल कपुर हिरो। यो परिस्थितिमा युवा बालेन हिरो! मत परिणाम पनि बालेनको अग्रता देख्दा मैले भनें, ‘बालेनको लौराले अब काठमाडौंबाट बिग्रिएको राजनीति ठिक गर्छ।’

फेसबुक युट्युबमै बालेनको अनुहार हेर्दैछु र भन्दैछु, ‘वाह बालेन, तिम्रो लौरो! अग्रता कायम रहोस्,शुभकामना!’  

प्रकाशित: २ जेष्ठ २०७९ ०६:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App