१५ चैत्र २०८० बिहीबार
कला

सिटौला र उपाध्यायलाई ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’

नइ प्रकाशनले २०७८ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ नेपाली वाङ्मयको श्रीवृद्धिका लागि सिर्जना र संगठन मार्फत निरन्तर जागरूक र समर्पित हुँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अमर प्राज्ञ अमेरिकाका प्रा.मोहन सिटौलालाई समर्पण गर्ने निर्णय गरेको छ।

ताम्रपत्रका साथ यस पुरस्कारको राशि दुई लाख रूपियाँ रहेको छ। यसैगरी नइ प्रकाशनले समालोचना, कविता, निबन्ध, नाटक, अनुवाद आदि सिर्जनाद्वारा नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउने भारत आसमका छविलाल उपाध्यायलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ।

ताम्रपत्रका साथ यस पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ। यी दुवै पुरस्कार अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएकामध्ये एकजना विशिष्ठ नेपाली गोर्खाली मूलका विदेशी व्यक्तित्वलाई बर्सेनि समर्पण गरिंदै आएको छ। नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो।

प्रकाशित: २७ वैशाख २०७९ १०:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App