११ फाल्गुन २०८२ सोमबार
image/svg+xml
कला

समय भाग्यको खेल,जुवा न हो जिन्दगी

गजल

त्रिविक्रम पाण्डे

गाउँलाई अब यहाँ गाउँ नै रहन दिऊँ,

घरैघर हैन खाली ठाउँ नि रहन दिऊँ।

आधुनिकताको नाउँमा नचढौं धेरै गाडी जहाज,

मानिसहरूका ती पाउ भुइँमा नि रहन दिऊँ।

ढुंगा बगर बालुवामा त यो चल्दै चल्दैन,

त्यो नाउलाई खोला किनारमै रहन दिऊँ।

समय भाग्यको खेल जुवा न हो जिन्दगी,

कहीं न कहीं चल्न बाँकी दाउ रहन दिऊँ।

प्रकाशित: ३ वैशाख २०७९ ०३:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App