१२ असार २०८१ बुधबार
image/svg+xml
कला

गुञ्जिए लक्ष्मी उप्रेतीका कविता

साहित्यकार लक्ष्मी उप्रेतीको ‘अयन’ साहित्यिक पत्रिकाको आयोजनामा एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ।

बुढानिलकण्ठ नगरपालिका वाड नं. ९ को सभाहलमा वरिष्ठ कलाकार नेपाल ललितकला प्रतिष्ठानका कुलपति केके कर्माचार्यको सभापतित्व र वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भयो।

पानसमा बत्ती बाल्दै उप्रेतीका एउटा कविता वाचन गरेर प्रमुख अथितिले कार्यक्रमको उद्घाटन गरेका थिए। उक्त एकल कविता वाचन कार्यक्रममा कवि प्राज्ञ लक्ष्मी उप्रेतीले २० थान कविता वाचेका थिए। कविताले वातावरण गुञ्जायमान हुँदा उपस्थित सबै मन्त्रमुग्ध भएका थिए।

वरिष्ठ कवि दिनेश अधिकारी, प्राज्ञ सुलोचना मानन्धर, महेश पौड्याल, विना थिङ, भरत गुरागाई लगायत कविले उप्रेतीका कविताहरू वाचेका थिए। गायक सन्देश पौडेलको स्वर रहेको उप्रेतीको ‘जिन्दगी’ नामक  गीतको अडियो पनि सार्वजनिक गरिएको थियो।

बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धव खरेलेले शुभकामना र ९ नं. वडाका कावा अध्यक्ष सुमित्रा पाण्डेले स्वागत मन्तव्य दिएका थिए। कवि महेश पौडेलले कवि व्यक्तित्वबारे चर्चा गरेका थिए। प्रमुख अतिथिले कवि र कविताको महत्वबारे बोलेका थिए।

कवि लक्ष्मी उप्रेतीलाई केही संस्थले सम्मानपत्र र उपहार अर्पिएको सो कार्यक्रममा उपस्थित अतिथि, साहित्यकार, पत्रकारहरूलाई समेत कदरपत्र, सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। 

प्रकाशित: २० चैत्र २०७८ ०३:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App