३ माघ २०८२ शनिबार
image/svg+xml
कला

देहव्यापार दृश्य समाजको भावनालाई बुझेर हटाएँ: प्रकाश सपुत

फाइलतस्बिर

गायक प्रकाश सपुतले पछिल्लो गीत पीरबाट हटाएको दृश्य कसैको दबाबमा नभइ समाजको भावनालाई बुझेर हटाएको स्पष्टिकरण दिएका छन्।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गायक प्रकाश सपुतले पीर गीतमा रहेको देहव्यापार सम्बन्धी  दृश्य कसैको दबाबमा नभइ समाजको भावनालाई लिएर हटाएको बताएका हुन्। उनले उक्त सीनले समाजमा र त्यस्तै पेशामा आधारित मानिसहरुलाई झनै पीर परेको भन्दै गीतबाट केहि दृश्य हटाउनु परेको बताए।

गायक सपुतले जनयुद्ध लडेर समाज विकास नभएकोले निराश बनेका योद्धाहरु उक्त दृश्यबाट झनै चिन्तित बनेको भन्दै गीतमा भएको केहि दृश्य हटाएर पुनः सार्वजनिक गरेको बताए। उनले उक्त कुरालाई भावनात्मक रुपमा बुझिदिन पनि समस्त श्रोता एवं दर्शकहरुलाई आग्रह गरे।

त्यस्तै अभिनेत्री सुरक्षा पन्तले गीतको बारेमा आफूलाई पनि धेरै म्यासेजहरु आएको बताईन्। उनले गीतबाट उक्त दृश्य हटाउने कुरा गायक सपुतको नितान्त ब्यक्तिगत कुरा रहेको बताईन्। अभिनेत्री पन्तले समाजमा भएका कुराहरुलाई भावनासँग जोड्दा राम्रो हुने सोचका साथ त्यो दृश्य हटाइएको बताईन्।

गायक सपुतको पछिल्लो गीत ‘पीर’ मा जनयुद्धकालीन परिवेशमा देश विकासका लागि लडेका योद्धाहरुको दुःख देखाइएको छ। नेकपा (माओवादी केन्द्र) निकटका भातृसंगठनहरुले जनमुक्ति सेना र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको सही भएपनि जनयुद्धमा सहभागी महिलाहरु शरीर बेच्ने काममा संलग्न रहेको सन्देश दिने गरी दृश्य समावेश गर्नु आपत्ति जनाएका थिए।

’पीर’ बोलको गीतको भिडिओमा नेपालमा सशस्त्र द्वन्द्व हुँदा माओवादी लडाकु रहेका एक जोडीले वर्तमान समयमा भोगिरहेको अभाव र पीडाको कथा देखाइएको छ। भिडियोको एउटा दृश्यमा पूर्वलडाकु महिला अभावकै कारण देहव्यापारमा संलग्न भएको चित्रण गरिएको छ। त्यही दृश्यमाथि अधिकांश माओवादी नेता तथा कार्यकर्ताहरूले आपत्ति जनाएका हुन्।

प्रकाशित: १० चैत्र २०७८ १२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App