२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

मिस्टर नेपालको अडिशन सुरु

फाइल तस्बिर।

नेपालमा फेसन तथा मनोरञ्जन उद्योगलाई सरकारले सहयोग गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन्।

शनिबार काठमाडौँमा अडिशन सुरु भएको मिस्टर नेपाल २०२२ का आयोजक रवि धमलाले फेसन तथा मनोरञ्जनका राष्ट्रिय स्तरका कार्यक्रमहरुमा सरकारले सहयोग गरे नेपाली व्यावसायीलाई नै सहयोग पुग्ने बताए।

कोभिड पछि खुल्दै गरेको बजार र व्यावसायमा सरकारको सहयोग भए व्यावसायीहरुको मनोबल उच्च हुने बताएका हुन्। उनले अन्य छिमेकी देशहरुमा राष्ट्रिय स्तरका कार्यक्रमहरुमा सरकारले सहयोग गरिरहेको उल्लेख गर्दै नेपालमा पनि यस किसिमका सहयोग सरकारबाट आउनु पर्ने बताए।

आयोजक धमलाले मिस्टर नेपालले नेपाललाई विश्वभर चिनाउने र यस पटक मिस्टर नेपालले मिस्टर वल्र्डको बाटो खुला गरेको पनि बताए। मिस्टर नेपालले आजबाट मिस्टर नेपालको अडिशन शुरु गरेको छ। काठमाडौँबाट सुरु भएको अडिशन देशभर नै गर्ने पनि आयोजक आयोजक धमलाले बताए।

प्रकाशित: २८ फाल्गुन २०७८ १०:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App