१० चैत्र २०८२ मंगलबार
image/svg+xml
कला

कृष्ण सेन्चुरीको निर्देशनमा 'चिन्ता नलिनु' म्युजिक भिडियो सार्वजनिक

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका कृष्ण सेन्चुरीको निर्देशनमा 'चिन्ता नलिनु' बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

बहुचर्चित लोक गायिका देवि घर्ती र गायक अनिल विश्वकर्माको आवाज सङ्कलप सुवेदीको लय सिर्जना कृष्ण सुनारको शब्दमा रहेको उक्त गीतको भिडियो 'हाइलाइट नेपाल' युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

एक सफल प्रेम जोडीको कथामा आधारितमा निर्माण गरिएको उक्त गीतमा गीतलाई कतारमा नै छायाँकान गरिएको हो। गीतको भिडियो क्यामरा मेन सुनिल सुन्दास ले खिचेका छ्न्। त्यसैगरि कृष्ण सेन्चुरीको निर्देशन रोशन धितालको सम्पादन मा रहेको उक्त गीतको भिडियोमा सागर सुनार र स्मृति थापाको अभिनय रहेको छ।

कतारमा रहेका सेन्चुरीले पछिल्ला समय एक पछी अर्को गर्दै धेरै म्युजिक भिडियोहरु निर्देशन गरिसकेका छन्।

प्रकाशित: ४ फाल्गुन २०७८ ०४:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App