८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
कला

मधेस जुटाउँछु

साइनो

टंक पन्थ

  १) साइनो

सम्भावना हजारौं

देख्दै थियौं साथसाथै

कामना उडायो हुरीले!

 

२) साइनो

मिलाई सुस्त बोल्छन्

कलाकार छाँटका छन्

लाग्दै छ साच्चै आँटका हुन्!

  ३) साइनो

मधेस जुटाउँछु

म देश यो उठाउँछु

म क्लेशमै जुर्मुराउँछु।

  ४) साइनो

पवित्र भाव जाग्छ

टिक्दैन दुर्भाव भाग्छ

नेपाली कहिल्यै झुक्दैनन्।

 ५) साइनो

विश्वासी खोज्न थाल्छन्

अकस्मात् यी आइलाग्छन् 

के परीक्षा  लिन्छ  नियति।

प्रकाशित: २६ माघ २०७८ ०६:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App