१ पुस २०८१ सोमबार
image/svg+xml
कला

महान्

लघुकथा

तुलसी पण्डित

सासूलाई वृद्धाश्रममा छोडेर घर फर्कदै गर्दा बुहारी दुर्घटनामा परिन्। बाटामा हिंड्नेहरूले अस्पताल पुयाए।

– घरमा पाँच वर्षे छोराबाहेक कोही छैन। लोग्ने विदेश गएको दुई वर्ष भयो। अब कसले आफ्नो स्यारसुसार गर्ने हो। बच्चाको झन् बिजोक हुने भयो। अब सासूलाई के भनेर घर ल्याऊँ। कसरी घर आउनुस् भनौं। वचन लगाईलगाई वृद्धाश्रम पुयाएको।

उहाँ भन्दै हुनुहुन्थ्यो, ‘बुहारी छोरो आउन देऊ न। त्यसपछि म विचार गरौला। ऊ जाँदा बुहारीको रखदेख गर्नु है भनेको थियो। तिमीलाई एक्लै बनाएर कसरी जाऊँ म।’

– आमा, तपाईं नजाने हो त। म झुन्डिएर मरौं। हजुरलाई जेल जान मन छ। झन् धर्मकर्म गर्नु होला भनेर माया गरेको त।

–बुहारी एकपल्ट छोरालाई जानकारी गराउँछु है।

‘यी मैले डोरी ल्याएँ। अति भयो। यस्तो डरधम्की देखाएर पुर्‍याएर आएँ। अब अरू कुनै उपाय छैन।

तैपनि बुहारीले मनमा संकोच मान्दै बोलाइन्।

सासूलाई आश्चर्य लाग्यो, ‘आएको एकदिन भएको छैन, बुहारीले किन बोलाइन्। पक्का पनि कुनै बिध्नबाधा परेको हुनुपर्छ।’

उनी आत्तिंदै घर आइन्। घरमा आएर सोधखोज गरिन्।

–बुहारी, मैले यो के देख्नुपर्‍यो।

–आमा, यो हजुरलाई घरबाट निकालेको पापको परिणाम हो।

–हैन बुहारी, के भनेकी हौ त्यो। म छोरा आएपछि जान खोजेको थिएँ। तिमीलाई चाँडै निको होस्।

–आमा, तपाईले गरेको यो सेवाले म प्रभावित भएँ। हजुर त मलाई जन्माउने आमाभन्दा पनि महान् हुनुहुँदो रहेछ। मैले सोच्न सकिनछु।

–आफूलाई नपरेसम्म मान्छेले कहाँ चेत्न सक्छ र बुहारी।

प्रकाशित: २१ माघ २०७८ ०३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App