१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

बहुभाषिक कविता गोष्ठीमा पाँच कविता उत्कृष्ट

तीन दिने धरान डे उत्सवको दोस्रो दिन बुधबार बहुभाषिक कविता गोष्ठी सम्पन्न भएको छ। धरान प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित गोष्ठीमा विभिन्न भाषाका पाँच कविता उत्कृष्ट छनौट भएको छ।

उत्कृष्ट छनौट हुने कविताहरुमा प्रर्मिला मुकारुङद्धारा लिखित वान्तवा भाषाको कविता गाउँमा अचेल, सेम्माङ याक्खाद्धारा लिखित याक्खा भाषाको कविता समावेशी गीतहरु, इन्दु योञ्जनद्धारा लिखित तामाङ भाषाको कविता बहुभाषिक सुन्दरता, प्रदिप मेन्याङ्बोद्धारा लिखित माङ्गेना र भोजराज श्रेष्ठद्धारा लिखित छेपारे प्रवृत्ति रहेको छ।

उत्कृष्ट छनौट भएका कविताहरुले जनही नगद ७ हजार ५ सय रुपैया पुरस्कार र प्रमाणपत्र हात पारेका छन् । विजेता कविहरुलाई  उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदी, आयोजक प्रज्ञा प्रतिष्ठानका संयोजक अम्बिका सम्बाहाम्फे, साहित्यकार डा.गोपाल भण्डारीलगायतले पुरस्कार वितरण गरेका थिए।

गोष्ठीमा विभिन्न ११ जातिको भाषामा लेखिएका कविताहरु वाचन गरिएको थियो। कविहरुले आफ्नो जातिय भाषा र नेपाली भाषामा पनि उल्था गरेर कविता वाचन गरेका थिए। गोष्ठीमा कवि वम देवान, महानन्द तिम्सिना र हर्ष सुब्बा निर्णायक थिए।

प्रकाशित: २१ पुस २०७८ १२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App