६ आश्विन २०८३ मंगलबार
image/svg+xml
कला

आमाको उपाधि

लघुकथा

अनन्त अर्याल

‘नौ नम्बर बेडको बिरामीको आफन्त हजुर हो ?’ वार्डबाहिर बेचैन उभिएको अधबैसेलाई सिस्टरले सोधिन्।

अधबैंसेले टाउको हल्लायो, ‘हो हजुर।’

‘भित्र डाक्टर साहेवले बोलाउनुभा’छ।’ यति भनी सिस्टरले बिदा लिइन्।

अधबैंसे ढोका घुरुक्क तानी भित्र छिर्यो। उसलाई धाप मार्दै डाक्टर साहेवले भने, ‘केश जटिल छ। एकजना कि आमा कि बच्चा मात्रै बचाउन सकिन्छ!’ 

एकछिन घोरिएर गम्भीर मुद्रामा अधबैंसेले भन्यो, ‘बच्चाको आमा बचाउने सर।’

अधबैंसे र डाक्टरबीच संवाद चलेकै थियो। यसै बीचमा बेडमा सुतेकी महिलाले पुर्लुक्क आँखा हेरिन्। दुई जना बीचको संवाद कति बुझिन्, कति बुझिनन्। ओठ काँपेको मधुर स्वरमा भनिन्, ‘सर, सक्नुहुन्छ आमा र बच्चा दुवै बचाइदिनु। सक्नुहुन्न बच्चाचाहिँ  बचाइदिनु।’

उनले थपिन्, ‘जिन्दगी हो,आखिर एकदिन मर्नु नै छ, आमाको उपाधि लिएर मर्छु।’                      

प्रकाशित: २० पुस २०७८ ०८:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App